Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सुगम पोखरेलको एआईमार्फत गीत बिगार्नेलाई कारबाही गर्ने चेतावनी
- एनोभा स्किन एण्ड हेयर क्लिनिकमा ‘ट्रिभेलिनी माम्बा’ प्रविधि, अत्याधुनिक कपाल प्रत्यारोपण सेवा
- ‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी सलिना तामाङ
- असार २६ मा हुँदै ‘नेशनल म्युजिक अवार्ड’को भव्य आयोजना, १४ विधामा अवार्ड वितरण गरिने
- पोखरामा ‘रोजगार मेला–२०२६’ हुँदै: युवाहरुलाई रोजगारी र करियर निर्माणको सुनौलो अवसर
- नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
- जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
- नेपालको हवाई क्षेत्रको आर्थिक स्थायित्व र सुरक्षा विषयमा छलफल
- विश्वकप २०२६: फ्रान्स र स्वीडेन पहिलो पटक आमनेसामने हुँदै
- ट्रक व्यवसायीलाई राहतः रुट इजाजतमा दोहोरो व्यवस्था बदर
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए सफत
लुम्बिनी,
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको लिनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख घर्तीमगरले नवनियुक्त पाँच जना नवनियुक्त मन्त्रीलाई शपथ दिलाउनुभएको हो ।
शपथ लिनुहुनेमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसाल, स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्री र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर रहनुभएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानबमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार र जनता समाजवादी पार्टीबाट एक जना नयाँ मन्त्री हुनुहुन्छ ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी सहभागी हुनुहुन्थ्यो ।