
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
- मौसमको चेतावनीपछि किसानलाई धान भित्र्याउन भ्याइनभ्याई
लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए सफत
लुम्बिनी,
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष प्रदेश सरकारका नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको लिनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख घर्तीमगरले नवनियुक्त पाँच जना नवनियुक्त मन्त्रीलाई शपथ दिलाउनुभएको हो ।

शपथ लिनुहुनेमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री तुलसीप्रसाद चौधरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री डिल्लीराज भुसाल, स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्री र आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिर रहनुभएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानबमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट चार र जनता समाजवादी पार्टीबाट एक जना नयाँ मन्त्री हुनुहुन्छ ।
शपथ ग्रहण समारोहमा मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँड केसी सहभागी हुनुहुन्थ्यो ।