Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- डली गुरुङ बनिन् ‘पाँचौँ मिसेस नेपाल युनिभर्स’, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने
- ‘चमेलीको पोइ’ खोज्दै नारायण त्रिपाठी र विल्सन
- वरिष्ठ कलाकार निर शाहको निर्देशनमा चलचित्र ‘प्रिन्स’ बन्ने, संगीत रेकर्डिङ तीव्र
- ‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक
- ‘गौँथली’ हेर्ने दर्शकले भिडियो खिचेर फेसबुकमा नहालिदिन निर्देशकको बिन्ती
- नीताको ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्ल
- ‘एक्का तीन’मा पूजा,पुष्पपछि कविता नेपालीको इन्ट्री,पुष्पको बन्ने हो जोडी?
- अग्रिम पेन्सन लिनेले पछि तलब बढेको आधारमा थप सुविधा नपाउने
- तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
- शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
काठमाडौँ,
एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा हङ्कङले नेपाललाई जितका लािग एक सय ८९ रनको लक्ष्य दिएको छ । सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल बनाएको हो ।
हङ्कङका लागि अशुङ्मन रथले सर्वाधिक ८० रनको योगदान दिए । उनले ४५ बलमा छ चौका र छ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन् । त्यस्तै सहिद वासिफले २८ बलमा सात चौका र तीन छक्काका साथ ५५ रन बनाउँदै आउट भए भने शिव माथुरले २१ बलमा २६ रन बनाए ।
बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे । नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङ्कङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको हो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।
यसैबीच, दीपेन्द्र सिंह ऐरीले आफ्नो ट्वान्टी–२० अन्तरराष्ट्रिय ‘करियर’मा आजकै खेलमार्फत १०० खेल पूरा गरेका छन् । सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी–२० आई खेलेका उनले आज भएको हङ्कङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।