पोखरा,
पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरू र पोखरा महानगरपालिकाबीच लामो समयदेखि विवादित बसपार्क निर्माणका विषयमा सहमति भएको छ।
पोखरा महानगरपालिकाका अनुसार उक्त क्षेत्रका जग्गाधनीहरूले महानगरपालिकाविरुद्ध सम्मानित उच्च अदालतमा दायर गरेको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट फिर्ता लिने सहमति भएको हो। अदालतले अन्तरिम आदेश दिएको थियो दुवै पक्षलाई २६ गते छलफलका लागी अदालत बोलाएको थियो । साथै, बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने समझदारी समेत गरेका छन्।
ब्मखभचतष्कझभलत
सहमतिअनुसार भविष्यमा निर्माण गरिने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गरिनेछ। यस्तै, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजको मितिले सात दिनभित्र पूर्ण रूपमा हटाउने सहमति पनि भएको महानगरपालिकाले जनाएको छ।
पोखरा महानगरपालिकाले करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको सुविधा सम्पन्न पोखरा बसपार्क निर्माणको मार्ग प्रशस्त भएको जनाएको छ। महानगरपालिकाले बसपार्क निर्माणलाई अघि बढाउन सहयोग पु¥याउने सम्पूर्ण जग्गाधनी, स्थानीयवासी, सरोकारवाला पक्ष तथा सम्बन्धित सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। महानगरपालिकाले यस सहमतिसँगै बहुप्रतिक्षित पोखरा बसपार्क निर्माण कार्यले गति लिने विश्वास व्यक्त गरेको छ।