सुचना, समाचार र मनोरन्जन

खुल्लामा मञ्चमा अन्तिम चरणमा ‘महाजात्रा’

काठमाडौं :

फिल्म ‘महाजात्रा’को छायांकन अन्तिम चरणमा पुगेको छ। निर्माण टिमले ५ हप्ताको छायांकनलाई काठमाडौंको खुल्लामञ्चमा इन्डक्ल्याप गर्दैछ। यो फिल्ममा समावेश एक गीतको छायांकन सोमबारदेखि खुल्लामञ्चमा भइरहेको छ। यहि गीतको छायांकन र क्लाइमेक्सको दृश्य लिन बाँकी रहेको छ।

Pach Pandav

मंगलबार निर्माण टिमले ‘हाम्रो जोडी त’ बोलको गीतमा फिल्ममा मुख्य कलाकार हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बनियाँले पनि नृत्य गरेका छन्। साथमा अतिथि कलाकार अरुण क्षेत्री र आश्मा विश्वकर्मालाई पनि दर्शकले गीतको भिडियोमा देख्न पाउने भएका छन्। उनीहरुलाई कविराज गहतराजले नचाइरहेका छन् भने पुरुषोत्तम प्रधानले खिचिरहेका छन्।

यस फिल्मका निर्माता म्याक्स दीपेश खत्री हुन् भने कार्यकारी निर्मातामा रवीन्द्र झा रहेका छन्। फिल्म ‘महाजात्रा’ चैत्र ९ गतेबाट रिलिज गर्ने निर्माण पक्षको तयारी छ।

Leave A Reply

Your email address will not be published.