सुचना, समाचार र मनोरन्जन

अरबाज खानले दोस्रो विवाह गरेपछि चर्चामा मलाइका

काठमाडौं :

मेकअप आर्टिस्ट शुरा खानसँग अरबाज खानले विवाह गरेपछि भारतिय मिडियामा ठुलो समाचार बनेको थियो। यो विवाहको चर्चा सेलाउन नपाउदै अभिनेत्री मलाइका अरोरा पनि अरबाजको दोस्रो विवाहको विषयलाई लिएर चर्चामा रहिन।

परिवारिक तनावकाबीच पनि उनी छोरासँग मुस्कुराएको एक थान तस्विर आफ्नो सामाजिक सञ्जालबाट शेयर गरेकी छन्। जुन तस्विर अहिले चर्चा र विभिन्न आँकलनबाँजी भइरहेको छ।

Gandarbha

अभिनेत्रीले आफ्नो इन्स्टाग्राम खातामा छोरा अरहानसँगको एउटा सुन्दर तस्बिर सेयर गरेकी छिन् । जुन तस्विर केहि दिन अघिको क्रिसमसको दिन जस्तो देखिन्छ।५० वर्षीया अभिनेत्रीले आफ्नो छोरा अरहान खानसँगको दुर्लभ, स्पष्ट पल अनावरण गर्न इन्स्टाग्राममा पोस्ट गरेको तस्विरले उनलाई ‘सदाका लागि सबैभन्दा राम्रो साथी’ र ’सपोर्ट सिस्टम’ भनेर परिचित गराउँछ।

सार्वजनिक फोटोमा अरहानले ठूलो सान्टा क्याप लगाएका छन्। आमा छोराको सुन्दर बन्धनलाई सजिलै देख्न सकिन्छ । उनले तस्विर शेयर गर्दै लेखेकी छन्,‘ जब यो वर्ष समाप्त हुन लागेको छ, मेरो सदाको लागि, मेरो बच्चा, मेरो सबैभन्दा राम्रो साथी र मेरो समर्थन प्रणाली, मेरो छोरा ।’

उनको पोस्टमा कमेन्टको धेरैले आमा छोराको माया भन्दै तारिफ गरिएको पाइन्छ। मलाइका अरोरा र अरबाज खान १९ वर्षको विवाहपछि अलग भएका थिए । उनीहरुको सम्बन्ध सन् २०१७ मा सम्बन्ध विच्छेद भएको थियो।

Leave A Reply

Your email address will not be published.