सुचना, समाचार र मनोरन्जन

नयाँ वर्ष नयाँ सुरुवात होस्

अङ्गे्रजी नयाँ वर्ष आजबाट लागेको छ । यो नयाँ वर्षमा नयाँ सुरुवात होस् । युवाहरु विदेशिनु नपरोस् । जागिरको शिलशिलामा कोरियाका लागि परिक्षा दिन पाइएन भन्दै कोहि युवा सडकमा आउने अवस्था नहोस् । भ्रष्टाचार नहोस् । विधिको विधान अनुसार सुशासन मैत्री वातावरण होस् । संघीयता सही दिशामा हिडोस् । आर्थिक उन्नति होस् । प्रतिव्यक्ति आयमा वृद्धि होस् । समयले कोल्टे फेरोस् । २०२४ शुभ रहोस् । सम्पूर्णमा शुभकामना ।

सन्तोष बस्याल

पोखरा ।

अङग्रेजी नयाँ वर्षको आगमनसँगै उत्साह थपिएको छ । नयाँ वर्षमा केही नयाँ गरौं भन्ने सोच सबैमा हुन्छ । तर हिजोको गतिविधिलाई हेर्दा खासै नयाँपन केही भएको जस्तो देखिदैन । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै पक्षमा वितृष्णा छ । देशका युवाहरु दिन प्रतिदिन विदेश गइरहेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा झोला बोकेर परदेश लाग्नेहरुको जमात बाक्लो छ । राज्य युवालाई रोजगार सिर्जना पनि गर्न सक्दैन र विदेश जान्छु भन्दा दिनदाहाडै गोली चलाउने बाटोमा अग्रसर हुन्छ । यसले समाजलाई कता लैजादै छ प्रष्ट हुन्छ । नीति निर्माण गर्ने तहमा पुगेकाहरु गफमा भुलिरहेका छन् । जनताको आशाको दियो कतै बलेको छैन । बरु पीडा माथि पीडा खेप्नुपरेको छ ।

स्वरोजगार बन्न युवाले लगानी गरेता पनि लगानीमैत्री वातावरण छैन । देश टाट पल्टिएको छ । तर हाम्रा जनप्रतिनिधि आनन्द निद्रामा छन् । जनप्रतिनिधिले आफ्नो वडा, क्षेत्र, जिल्ला, महानगर मात्रै बनाउने हो भने पनि देश बन्न समय लाग्दैन । आवश्यकता केवल आत्मनिर्भर र निरन्तरताको छ । सुतेर केही हुँदैन विकासका लागि जाग्नुनै पर्छ । भाषण गर्ने होइन काम गरेर देखाउने बेला छ । आषण र भाषणमा नै भुलिरहने हो भने यो देशको अवस्था उस्तै रहन्छ ।

अर्को कुरा हामी नागरिक पनि सचेत हुन आवश्यक छ । नेता एवम् जनप्रतिनिधिलाई विविध उद्घाटनका कार्यक्रममा बोलाएर भुलाउने काम नगरौं । उद्घाटन आयोजक संस्था आफैले गर्दा पनि हुन्छ । हामीले गर्ने कामको तौर तरिका बदल्न जरुरी छ । जनप्रतिनिधिलाई नीति निर्माण तहमा काम गर्न छोडौं । गरेनन् भने झक्झक्याउ । तर प्रमुख अतिथिको निम्तो दिएर कार्यक्रममा भुलाउने काम नगरौं । हो, थाहा छ जनप्रतिनिधिहरुले फेरि चुनाव लड्नुपर्छ । त्यसका लागि आयोजित विविध कार्यक्रममा जानै पर्ने हुन्छ । तर के कार्यक्रममा नगएर आफ्नो क्षेत्रको विकासमा तल्लिन भएर लागे काम हुन सक्दैन र ?

संघीयताको मर्मानुसार काम गरौं न, विकास सम्भव छ । दाजुभाई लडेर कतै पुगिदैन । यसले क्षति आफैलाई हुन्छ । सकरात्मक सोचका साथ अघि बढौ दिन फिर्नेछ । हुदैन, बर्बाद भो, यो देश यस्तै हो, नेताहरु काम छैनन् कति भनिराख्ने ? तपाई हामीले चुनेर पठाएका नेतालाई के हामी प्रश्न गर्न सक्दैनौ ? बितेको एक वर्षमा चुनाव जितेर सांसद, जनप्रतिनिधि भएर गएका नेताले के गरे खोजौं र प्रश्न गरौं । राम्रो काम गर्नेलाई प्रोत्साहन गरौं । कामै नगर्नेलाई भनौं ।

अङ्गे्रजी नयाँ वर्ष आजबाट लागेको छ । यो नयाँ वर्षमा नयाँ सुरुवात होस् । युवाहरु विदेशिनु नपरोस् । जागिरको शिलशिलामा कोरियाका लागि परिक्षा दिन पाइएन भन्दै कोहि युवा सडकमा आउने अवस्था नहोस् । भ्रष्टाचार नहोस् । विधिको विधान अनुसार सुशासन मैत्री वातावरण होस् । संघीयता सही दिशामा हिडोस् । आर्थिक उन्नति होस् । प्रतिव्यक्ति आयमा वृद्धि होस् । समयले कोल्टे फेरोस् । २०२४ शुभ रहोस् । सम्पूर्णमा शुभकामना ।

Leave A Reply

Your email address will not be published.