सुचना, समाचार र मनोरन्जन

फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ,

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगले मतदाता शिक्षा कार्यक्रममार्फत निर्वाचन प्रक्रिया, मताधिकारको महत्त्व तथा मतदान विधिबारे समयमै जानकारी गराउन मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेर सञ्चालन गर्न लागेको हो ।

आयोगले आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयंसेवक परिचालन गर्ने जनाएको छ । ‘देशभरका नगरपालिका तथा गाउँपालिकाका जम्मा ६७४३ वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ’, निर्वाचन आयोगले भनेको छ ।

उक्त कार्यक्रम प्रभावकारी बनाउन घरदैलो तथा विद्यालयस्तरमा स्वयंसेवक परिचालन गर्ने आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.