सुचना, समाचार र मनोरन्जन

डेब्यु जोडी सोनाल र कस्मताको ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक

काठमाडौँ :

लभस्टोरी फिल्म ‘माया बस्छ कि के हो !’ को ट्रेलर सार्वजनिक गरिएको छ। साइराम पिक्चर्स युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको ३ मिनेट लामो ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र कस्मता निरौलालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ।

असोज २ गतेबाट प्रदर्शन हुने फिल्मको निर्देशन राजु अधिकारीले गरेका हुन्। फिल्मको ट्रेलरमा युरोपियन सहरका सुन्दर दृश्यका साथमा नेपाली गाउँको झल्को समावेश गरिएको देखिन्छ। अध्ययन तथा रोजगारीका लागि विदेशिएका युवायुवतीको प्रेमप्रसंग, समर्पण तथा मतभेदको कथा प्रस्टिने फिल्मको अधिकांश दृश्य युरोपको बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायतका देशमा खिचिएको हो।

शरद अधिकारी मुख्य निर्माता रहेको फिल्मका सहनिर्माता बहादुर सिंह तामाङ हुन्। आरती अधिकारीको कथा र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्म रामप्रसाद चौधरीले सम्पादन गरेका हुन्। जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्म रवीन्द्र बरालले खिचेका हुन्। फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ।

‘माया बस्छ कि के हो !’ मा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल, रिचा थापा, खिन्नबहादुर भण्डारी (भोला), जेपी पाण्डे, रामजी राउत, करुणा थापा, बिकुलाल बासु र सुकचन्द्र थापाको अभिनय छ। फिल्मलाई नेशनल सिने ग्रुपले वितरण गर्दैछ।

Leave A Reply

Your email address will not be published.