सुचना, समाचार र मनोरन्जन

‘रंगेली’मा मिरुना मगरको यस्तो छ जुनकिरी लुक्स

काठमाडौं :

फिल्म ‘रंगेली’ले मुख्य अभिनेत्रीको लुक्स सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री मिरुना मगरलाई जुनकिरीको भूमिकामा चिनाउन खोजिएको छ।

Pach Pandav

महाशिवरात्री छेकोमा रिलिजको तयारीमा रहेको फिल्मको पोस्टरमार्फत मिरुनाको क्यारेक्टर हुलिया र मनोदशालाई चित्रण गर्ने प्रयत्न गरेको देखिएको छ । केहि दिन अघि लक्ष्मीपूजाको अवसरमा दयाहाङ राईको ग्याङस्टर लुक बाहिरिएको थियो। दुवै तर्फको पोस्टर हेर्दा दयाहाङको ‘लभ इन्ट्रेस्ट’को रुपमा मिरुनालाई कास्ट गर्न खोजिएको छ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दयाहाङ र मिरुनासहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ । फिल्ममा संसार चौलागाईं र रमेश भट्टराईको लगानी छ । यहि मितिमा दयाहाङको ‘रंगेली’ र ‘लोकल हिरो’, नवल खड्काको ‘काँडेतार’, रेखा थापाको ‘उपहार ः द जर्नी अफ लाइफ’ले प्रदर्शन हुनेछन्। ।

Leave A Reply

Your email address will not be published.