सुचना, समाचार र मनोरन्जन
IVF New Banner

दिवंगत रबिन तामाङको सम्झनामा ‘रबिन एण्ड द न्यू रिभोल्युसन’को सांगीतिक प्रस्तुति

काठमाडौं :

दिवंगत कलाकार, संगीतकार तथा गायक रबिन तामाङको सम्झनामा रबिनको व्याण्ड ‘रबिन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ। गायक रबिनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो।

Safal
IVF Post

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुर अन्तर्गत काठमाडौंमा पहिलोपटक ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्नो गीत सुनाउन लागेको हो।

व्याण्डले कार्यक्रममा आफ्ना चर्चित गीतहरु ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ। कार्यक्रममा  रबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यहरुसँग मिलेर अन्य गायकहरुले ‘नेपाल’, ‘भुलमा भूल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन्। कार्यक्रमका लागि टिकटहरु ई–सेवामा उपलब्ध रहेको आयोजकले जनाएको छ । गायक रोबिनको गत जुलाई ४ मा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.