सुचना, समाचार र मनोरन्जन

प्रतियोगितात्मक शो ‘मिस्टर नेवा ११४४’ को घोषणा

काठमाडौं :

राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवा ११४४’ को घोषणा गरेको छ। कम्पनीले प्रतियोगिताका लागि गत असार १७ गतेदेखि आवेदन दर्ता खुला गरेको हो।

Pach Pandav

राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डंगोलले नेवार समुदायका युवाले ‘मिस्टर नेवा’मा भाग लिन सक्ने बताइन्। यो प्रतियोगिता नेवा समुदायका युवाहरुका लागि आकर्षक प्लेटफर्म हुने उनको दाबी छ।

‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरुको वृत्ति विकासमा लक्षित छ र उनीहरुका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छुुु’, फेसन डिजाईनरसमेत रहेकी कार्यक्रम निर्देशक डंगोलले बताईन्।

यस इभेण्टमा कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफरका रुपमा अनुबन्धित भएका छन्।

Leave A Reply

Your email address will not be published.