सुचना, समाचार र मनोरन्जन

रचनाले गाइन् म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’को कथा

काठमाडौं :

कर्णाली प्रदेशको जन–जीवनमा आधारित म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’को सार्वजनिक भएको छ। जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ।

यो म्युजिकल फिल्मले आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानियको पिडालाई कथामार्फत निर्देशकले भनेका छन्। कर्णाली र सुदुरपश्चिम बासी कसरी सडक र संचार सुविधाबाट बञ्चित छन्,भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर गीतको भिडियोमार्फत थाहा पाउन सकिन्छ।

Pach Pandav

रतन देवकोटाले निर्देशन गरेको भिडियोको गीतमा रचना रिमालले गाएकी छन्। निर्देशक देवकोटाले गीतको बारेमा भने,‘आफ्नो पहिलो डेव्यु निर्देशकिय म्युजिक सिनेमामा आफ्नो गृह प्रदेशको कथाव्यथा प्रस्तुत गर्नु पर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ।’

यो गीतको म्युजिक कम्पोज चक्र बलमे गरेका छन्। उनी आफैले यो म्युजिकल फिल्मका एसिस्टेन्ट निर्देशक तथा गायनमा उनले रचना रिमाललाई साथ दिएका छन्। गीतमा समावेश ठाडी भाकामा वरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । यस गीतका संगीत निर्माता कोविद बज्र हुन् ।

सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलमे अभिनय गरेका छन् । अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निवार्ह गरेकी छन् । जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन् । यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् । पत्रकार टिकाराम यात्रीले सञ्चालन गरेको कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपा नेता ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

Leave A Reply

Your email address will not be published.