चितवन,
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिक खहरे खोलामा सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार मंगलबार दिउँसो करिब ३ बजे खहरे खोलामा पहिरो खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको हो।
डिभिजनका अनुसार थप पहिरो नझरेमा सडकबाट पहिरो पन्छाएर यातायात सञ्चालन गर्न करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ।
सडक खुलाउने काम जारी रहेको जनाउँदै डिभिजनले यात्रुलाई आवश्यक सावधानी अपनाउन र वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ। यो सडक खण्डमा पटक पटक सडक अवरुद्ध हुँदै आएको छ ।