सुचना, समाचार र मनोरन्जन

‘भक्कानिएको मुटु’ सार्वजनिक, वैदेशिक रोजगारीको पीडा बोल्ने गीत

काठमाडौं :

गायक मुकेश प्रधानले आफ्नो नयाँ गीत ‘भक्कानिएको मुटु’ सार्वजनिक गरेका छन्। प्रेमिल  शैलीमा लेखिएको गीतमा मुकेशको नै शब्द ,संगीत रहेको गीतलाई फोइसिल (Foeseal)ले म्युजिक डिरेक्सन गरेको हुन् ।

देशकोअहिलेको बैदेशिक रोजगारीको बिषय र त्यसले नेपाली समाजमा परेको गहिरो प्रभावलाइ गीतको म्युजीक भिडियोमा देखाइएको छ जुन धेरै नै हृदयस्पर्शी बनेको छ। भिडियोमा नायक बिशाल पहारी, बिन्दा खतिवडा जीवन बस्नेत र किरण शाहीको अभिनय रहेको छ।

भविन गुरुङको छायांकन र रञ्‍जित श्रेष्ठको सम्पादन रहेको भिडियोलाई आरओबीले  निर्देशन गरेको गीतको भिडियोलाई गायक मुकेश प्रधानको  अफिसियल च्यानल ( INSIDE Mucase ) बाट सार्वजनिक गरिएको हो।  गायक मुकेशका यसअघिका गीतहरुलाइ पनि दर्शक स्रोताले रुचाएकाले यो गीत र भिडियोलाई मन पराउनेमा मुकेश ढुक्क रहेका छन् ।

Leave A Reply

Your email address will not be published.