Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सच्चाई केन्द्रको ५१ लाखभन्दा बढी सहयोग
- रेवान पोखराको अध्यक्षमा वसन्त गौतम, नयाँ कार्यसमिति निर्वाचित
- अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा
- डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने
- ‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो
- पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन
- बाढीले होइन, हाम्रो विकासले डुबाएको बस्ती
- गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श
- एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम
- बुबाको स्मृतिमा मिना थापा भण्डारीद्वारा दुर्घटना पीडित सन्दिपलाई ८१ हजार बढी सहयोग
मुक्तिनाथ केवलकार परियोजनाको काम अगाडी बढाइने
काठमाडौँ,
लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी÷नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।
रु ५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ‘बूट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केवरकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठुलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।
बैठकले ७५० मेगावाट क्षमताको रु १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल नामक संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।
त्यसैगरी ४३.२ मेगावाटको छिलुङ खोला जलविद्युुत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युुत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट भएको छ ।
बैठकले जनकपुरमा रिफाइन इडिबल आयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरु अघि बढाउने निर्णय गरेको छ ।