Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
- फेवाताल संरक्षण अभियान अन्तर्गत बृहत् सफाइ कार्यक्रम सम्पन्न
- फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो तीन करोड
- यौनकर्मी महिलाको मुद्दामा बालेन्द्रलाई खुला पत्र : ‘लालिमा’ मार्फत न्यायको माग
- नारायणी नदीको कटान रोक्न सुस्तामा तटबन्ध निर्माण
- स्वस्तिमा खड्काको नृत्यले लालीबजारको ‘मायालाई के दिउँ म बैना’ टिकटकमा ट्रेन्डिङ
- जितु र प्रियना अभिनित ‘कार्की साइँला’सुटिङ सकियो
- पुष्करिणी परोपकार गोकुलधामको आयोजनामा श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
- पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र
- पृथ्वी राजमार्ग विस्तार: अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी
श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो
काठमाडौँ,
घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएकोे छ । नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ ।
आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लागेको थियो । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकी मन्दिरमा पनि विशेष पूजा गरिएको थियो ।
नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानहरु आराम गर्ने गर्दछन् । आज खनजोत गरेमा नाग मारिन्छन् भन्ने ठानेर त्यसो गरिएको हो ।