सुचना, समाचार र मनोरन्जन

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

Pach Pandav

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.