सुचना, समाचार र मनोरन्जन

बलिउडपछि एआईबाट नक्कली भिडियोको सिकारमा नेपाली कलाकार

काठमाडौं :

पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर बनाइएका भिडियो र तस्वीरले बलिउड देखि कलिउडका कलाकारहरुलाई तनाब दिन थालेको छ। भारतिय अभिनेत्रीहरुले झेलिरहेको तनाव अब नेपाली अभिनेत्रीहरुमा भित्रिएको छ।

Chaka Panja

नेपालमा समेत एआईका तस्वीर सामाजिक सञ्जालमा व्यापक सेयर भएपछि नेपाली अभिनेत्री तथा मोडल अदिती बुढाथोकी तनाबमा परेकी छन्।बुधबार अभिनेत्री बुढाथोकीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल इन्स्टाग्राममा वक्तव्य जारी गर्दै एआईको दुरुपयोग गरेर नक्कली भिडियो बनाइएको र यसरी आफ्नो चरित्र हत्या गरिएको भन्दै आपत्ति जनाएकी छन्।खासगरी सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्वीर र भिडियो सेयर गरेर दुःख दिने काम भएको उल्लेख गरेकी छन्।

‘अरु मान्छेलाई खसाल्न केही मान्छेहरुले प्रयास गरेको देख्दा निकै स्तब्ध र दुःखलाग्दो देखिन्छ। लामो समयदेखि अहिलेसम्म म यस्तो हर्कत र परिस्थितिलाई सामना गरिरहेकी छु । मैले सकेसम्म यस्तो प्रयासलाई रोक्ने पनि प्रयास गरेकी छु। नक्कली स्न्यापच्याट आईडीबाट यस्तो काम भइरहेको छ । साथै एआई र अरु गलत भिडियोको मद्दतबाट मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ,’उनले लेखेकी छन्।

नेपाली फिल्म ‘कृ’मा डेब्यु गरेकी उनको पछिल्लो फिल्म ‘बाबरी’ हो।

Leave A Reply

Your email address will not be published.