सुचना, समाचार र मनोरन्जन

पूजा शर्माको पारिश्रमिक ५० लाख ?

काठमाडौं :

नेपाली फिल्मको महँगी हिरोइन्का रुपमा रहेकी पूजा शर्माले आफुल रेखा थापाको फिल्मबाट ५०लाख लिएको चर्चा गरेकी छन्। उनले एक युटुब च्यानलमा अन्तरवार्ता दिनेक्रममा हिरोहरुले मात्र पचास लाख लिने गरेकोमा आफुले पनि रेखाको फिल्मबाट पचाल लाख लिएको बताएकी हुन्।

Chaka Panja

पत्रकारले सोध्छन्,‘यस फिल्ममा कसले लियो पचास लाख’। यसको जवाफमा उनले भनिन्,‘ हामी सबैले लिन्छौँ नि पचाल लाख।’ उनीसँगै अन्तरवार्ता दिन पुगेका बेनिशा हमाल र रेखा थापालाई देखाउदै भनिन्,‘हैन त दिदी लिएकै छाँै। केटाहरुले मात्रै लिन पाउँछ भन्ने छ र?’
हुन न नेपाली फिल्म क्षेत्रमा महँगी अभिनेत्रीको रुपमा रहेकी पूजा शर्माले यस अघिका फिल्ममा २०लाख लिएको चर्चा चलेको थियो। तर, वास्तविकता कति हो कसैलाई पनि थाहा थिएन।

यस पटक उनले अन्तरवार्तामा नै ५० लिन्छौँ भनेपछि सायद उनी महँगी अभिनेत्री नै हुनुपर्छ। अभिनेत्री तथा निर्मात्री समेत रहेकी रेखा थापाले निर्माण गरेको फिल्ममा यि तिनै जना अभिनेत्रीले अभिनय गरेका छन्। फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.