पोखरा/
पोखरा महानगरपालिका वडा नं. १६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम २०८० पौष ८ गते आइतबारबाट सुरु भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाले रेफ्री द्वय सन्तोष आचार्य र लक्ष्मण देवकोटालाई फुटबल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । खेलकुदको पहिलो दिन व्यवस्थापन सङ्कायको कक्षा ११ ख र विज्ञान सङ्काय कक्षा ११ को बिच पहिलो खेल सम्पन्न भएको छ ।
शिक्षक अभिभावक सङ्घका अध्यक्ष राजकुमार क्षेत्री, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू चित्रबहादुर थापा, निर्मल थापा, प्रधानाध्यापक केशवप्रसाद अम्गाइ, सहायक प्रधानाध्यापक बलबहादुर श्रेष्ठ, खेलकुद संयोजक विशाल नेपाली, सहसंयोजक गोपाल गुरुङ, लेखापाल शङ्कर केसी, लेखा सहायक सुनिता केसी लगायतका व्यक्तित्वले खेलाडीलाई शुभकामना दिएका थिए ।
