काठमाडौं :
कुनै समय टेलिभिजनको पर्दामा तक्मेबुढाका नामले परिचित अभिनेता विल्सनविक्रम राईले फिल्म निर्माण गर्ने भएका छन्। उनले उनी अब फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले आइतबार फिल्म ‘लाहुरे एण्ड दाउरे’मा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ हैटलाई अनुबन्ध गर्दै निर्माण तथा निर्देशन गर्न लागेको जानकारी दिएका हुन्। तक्मेका अनुसार फिल्म सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुनेछ।
‘फिल्मको छायांकन अलिक फरक लोकेसन हुुनुपर्ने भएकोले त्यसैको लागि पुर्व लागेको छु,‘उनले परिचयसँगको कुराकानीमा भने।
विल्सनको कम्पनी तक्मे प्रोडक्सनको प्रस्तुती रहने फिल्ममा अभिनेत्री र अन्य कलाकारहरु भने टुंगो लाग्न बाँकी रहेको उनले बताए। उनले भने,‘अहिले दया दाई र बुद्धि तामाङलाई अनुबन्ध गरेका छौँ । केहि दिनमा नै अभिनेत्री तथा अन्य कलाकारको टुङ्गो लाग्नेछ। त्यसको छलफलमा जुटिरहेका छौँ।
कमेडी र लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको लगानी सरिना लामा र डिबी राईले गर्दैछन्। यस फिल्मको कार्यकारी निर्मातामा राजेन्द्र चोङबाङ छन्। तक्मेले फिल्मको छायांकन अर्को वर्षबाट सुरु गर्ने जानकारी दिए। उनका अनुसार फिल्मको प्रदर्शन पनि त्यहि वर्ष मिलाएर गर्न सकिने बताए। फिल्मको छायांकन पूर्वका झापा, इलाम, पाँचथर र ताप्लेजुङ क्षेत्रमा हुनेछ।