सुचना, समाचार र मनोरन्जन
jaar

‘सम्झन्छु म तिमीलाई’मा रोमान्टिक अवतारमा रबिन र सोफी

काठमाडौँ :

गायक रबिन बर्तौलाको ‘सम्झन्छु म तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द, संगीत र स्वर गायक बर्तौलाकै रहेको छ। गीतको एरेन्ज भने उदयराज पौडेलको छ ।

कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा एक दृष्टिविहिन युवतीको कथामा आधारित रहेको छ। केशवराज भट्टले निर्देशन गरेको भिडियोमा गायक बर्तौला र सुन्दरी सोफी धरेल गज्जबले अभिनय गरेका छन्। उनीहरु गीतको भिडियोमा खुलेका छन्। भिडियोमा गायिका प्रेक्षा लम्सालको पनि अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा उत्तम हुमागाईको छायांकन,बन्दे पाण्डेको छायांकन र प्रविन ढकालको कलरिङ रहेको छ। यो गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानल रबिन बर्तौलाबाट अपलोड गरिएको छ।

Leave A Reply

Your email address will not be published.