सुचना, समाचार र मनोरन्जन

निर्माता तथा अभिनेता रोज राणा बने उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री

काठमाडौं :

नेपाली फिल्मका निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री भएका हुन्।

आइतबार बिहान उनले बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ लिदै पहिलोपटक मन्त्री बनेका हुन्। निर्माता राणा प्युठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । फिल्म ‘दादागिरी’बाट फिल्म निर्माण यात्रा सुरु गरेका उनले ‘डन’, ‘खलनायक’, ‘महान’, ‘टक्कर दुई मुटुको’, ‘मन छु नि तिम्रो’ फिल्ममा अभिनय समेत काम गरेका छन् ।

Leave A Reply

Your email address will not be published.