सुचना, समाचार र मनोरन्जन
jaar

बिल तिरिरहेका उद्योगको बिजुली काट्नु अनुचित

काठमाडौँ/

नेपाल उद्योग परिसंघ (सीएनआई) ले विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको प्रतिक्रिया दिएको छ ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार पत्रकार सम्मेलन गर्दै सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुले विवादित समयको समेत नियमित बिल तिरिरहेको बताए ।

अहिले थप बिलको मात्र विवाद भएको भन्दै उनले विवाद समाधान गर्नुपर्नेमा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्नु उचित नभएको प्रतिक्रिया दिए ।

उनले लाइन जोडेर विवाद समाधान गर्न समेत माग गरेका छन् । यस विवादमा सरकारले समाधानको पहल गर्न नसकेको गुनासो समेत उनले गरे।

उक्त अवसरमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले संकटका कारण ३० प्रतिशत मात्र क्षमतामा चलिरहेका उद्योगको बिजुली काटिनु खेदपूर्ण रहेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.