सुचना, समाचार र मनोरन्जन

स्तरोन्नतिका लागि भीमफेदी–कुलेखानी–दक्षिकाली सडक खण्ड आजदेखि बन्द

मकवानपुर/

हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दूरीको सडक खण्ड भीमफेदी–दक्षिणकाली खण्डमा आजदेखि गाडी आवागमन बन्द गरिएको छ ।

दक्षिणकाली नगरपालिकाअन्तर्गत पर्ने यस खण्डमा आजदेखि सडक स्तरोन्नतिको काम शुरु हुने भएकाले आउँदो चैत ३० गतेसम्म सडक बन्द रहने भएको हो।

यो मार्ग हुँदै यात्रा गर्ने यात्रुले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ।

अहिले काठमाडौँसम्म यात्रा गर्नका लागि कुलेखानी–चित्लाङ हुँदै काठमाण्डौ पुग्ने बाटो र कान्तिलोकपथ खुला रहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार नारायणगढ मुग्लिन सडक खण्ड हुँदै पनि काठमाडौँ जान सकिनेछ ।

Leave A Reply

Your email address will not be published.