पोखरा /
उच्च शिक्षा अध्ययनका लागि परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको एसआइयुके नेपालले ‘‘एसआइयुके एजुकेसन फेयर २०२४’ कार्यक्रम गर्ने भएको छ ।
फेव्रुअरी ५ {माघ २२} मंगलबार एसआइयुकेको कार्यालय परिसर पोखरा मानवअधिकार चोकमा कार्यक्रम हुने एसआइयुके पोखराका प्रमुख सागर बाबु गिरीले जानकारी दिए ।
सो कार्यक्रममा युकेका प्रतिष्ठित ३५ वटा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुने बताइएको छ । युकेमा उच्च शिक्षा अध्ययनका लागि जानु अगाडि बुझ्नै पर्ने जानकारीहरु एसआइयुके एजुकेसन फेयरबाट लिन सकिने प्रमुख गिरीले जनाए ।
५ हजार पाउण्डसम्म स्कलरसिपको सुविधा, अफर लेटर एक साता भित्र आउने लगायतका कारण पनि एजुकेसन फेयरमा सहभागी हुन एसआइयुकेले सम्पूर्ण विद्यार्थीहरुमा आग्रह गरेको छ । एसआइयुकेले बिगत १२ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले बेलायतका उत्कृष्ट विश्वविद्यालयहरूसँग विद्यार्थीहरूको साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएकाे एसआइयुके कन्सल्टेन्टका डाइरेक्टर विनय अधिकारीले जानकारी दिए।
‘यो हाम्रो बिजनेसको लागि होइन, विद्यार्थीको आत्मविश्वास बढाउन र जान लागेको मुलुक, कानुनलगायतको बारेमा जान्न सकून्, द्विविधा नहोस्,’ अधिकारीले भने।
कार्यक्रम आगामी माघ २० मा काठमाडौं, २२ गते पोखरामा, २४ गते बुटवलमा र २६ गते चितवनमा एसआइयुकेकै कार्यालयमा आयोजना हुनेछ।