सुचना, समाचार र मनोरन्जन

उच्च शिक्षाका लागि विदेश जानु पर्दैन: विजुक्छे

जनप्रिय बहुमुखी क्याम्पसमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ

पोखरा /

जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले उच्च शिक्षाका लागि विदेश जानु पर्दैन भन्ने सन्देश दिएका छन् । क्याम्पस मानित विश्वविद्यालयतर्फ उन्मुख भएकाले आफ्नै स्वायत्त कार्यक्रम अन्तर्गत स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन भएको बताए ।

पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसमा कक्षा १२ का विद्यार्थीलाई शुक्रबार बिदाइ गरिएको कार्यक्रममा विजुक्छेले सामुदायिक स्तरको जेएमसीले शिक्षा क्षेत्रमा क्रान्ति गरेको धारणा राखे । यो बिदाइ मात्रै होइन उच्चशिक्षाका लागि जेएमसीमा स्वागत पनि हो । आफूले पढेको क्याम्पसको गरिमा र प्रतिष्ठा राख्न बिदाइ भएका विद्यार्थीलाई विजुक्छेले सफलताका लागि शुभकामना दिए ।

क्याम्पस प्रमुख लोकराज भण्डारीले सफलताका लागि विद्यार्थीलाई पढाइसँगै खेलकुद, मनोरञ्जन, अतिरिक्र क्रियाकलाप आवश्यक रहेकाले क्याम्पसले यी कुराहरू विद्यार्थीलाई दिएको जानकारी गराए । भण्डारीले जेएमसीका विद्यार्थीले विआइएममा नेपाल टप गरेकाले शैक्षिक गुणस्तरमा कमी नभएको उल्लेख गरे । विद्यार्थीले उर्जाशील समयलाई सदुपयोग गरेर भविष्यका लागि कस्तो विषय पढ्ने र करिअर बनाउने निर्णय आफैले गर्नुपर्ने शुभकामना दिँदै भने ।

प्लु टु व्यवस्थापन समितिकी संयोजक नम्रता बराल, सहायक क्याम्पस प्रमुख रमेशबहादुर खड्का, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाइका अध्यक्ष विकास थापामगर, हितशाखा प्रमुख गोपाल बराल, सामाजिक शिक्षा विभाग प्रमुख वेदहरी तिमिल्सिना लगायतका वक्ताले १२ कक्षा पूरा गरी बिदाइ भएर जाने विद्यार्थीहरू शैक्षिक प्रगति, उन्नति र समुन्नतिको शुभकामना व्यक्त गरेका थिए ।

बिदाइ कार्यक्रममा मायाको चिनो ग्रहण गर्दै कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई धन्यवाद र आभार व्यक्त गरेका थिए । आफुहरू जहाँ र जुन अवस्थामा भएता पनि जेएमसीप्रति सदैव माया गरिहने बताए । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा शास्त्र सङ्कायमा ७ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ का विद्यार्थीद्वारा आयोजित कार्यक्रममा अन्तिम परीक्षा तयारी अघि विद्यार्थीले बिदाइ गरेका हुन् । कक्षा ११ का विद्यार्थी सागर घिमिरेको सभापतित्वमा सम्पन्न बिदाइ कार्यक्रमको सञ्चालन विद्यार्थी कविराज गिरीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.