सुचना, समाचार र मनोरन्जन
Sarangi

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एम’को कन्भेन्सन चैत्र २४ गते पोखरामा

पोखरा /

लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एम’को दोस्रो कन्भेन्सन चैत्र २४ गते पोखरामा हुने भएको छ। लायन्स क्लब अफ पोखरा मिड टाउनले संयोजन गर्न लागेको दोस्रो कन्भेन्सनलाई भव्य र ऐतिहासिक रूपमा सम्पन्न गर्न तिव्र तयारी भइरहेको कन्भेनर विकास भुर्तेलले बताए ।

पोखरा इभेन्ट सेन्टरमा आयोजना गर्न लागिएको कन्भेन्सनमा लायन वर्ष २०२४/२५ का लागि फर्स्ट भिडिजी रहेका चण्डीप्रसाद अर्याल गभर्नर, सेकेन्ड भिडिजी रहेका धनिराम बराल फर्स्ट भिडिजी र डिष्ट्रिक्ट चिफ एडभाईजर रहेका रत्नप्रसाद पराजुली सेकेन्ड भिडिजीमा निर्वाचित हुनेछन्।

भर्खरै मात्रै सरकारले पर्यटन राजधानीका रूपमा घोषणा गरेको पर्यटकिय नगरी पोखरामा हुनलागेको यो दोस्रो कन्भेन्सनमा डिष्ट्रिक्ट भरिबाट अत्यधिक लायन्स सदस्य सहभागी रहने गभर्नरका उम्मेद्वार रहेका चण्डी प्रसाद अर्यालले बताए।

Leave A Reply

Your email address will not be published.