सुचना, समाचार र मनोरन्जन

तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

तनहुँ /

तनहुँमा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

व्यास नगरपालिका –५ साँगे चापटाको सिमलगैरामा ४० बर्षीय जीतबहादुर कुमालले शनिबार दिउँसो ४स्१५ बजे तिर धारिलो हतियार प्रहार गरी श्रीमती ३६ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शनिबार दिउँसो सामान्य वादविवादका क्रममा जीतबहादुरले श्रीमती सुकमायालाई धारिलो हतियार प्रहार गर्दा सुकमायाको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनालगत्तै प्रहरीले कुमाललाई नियन्त्रणमा लिइ हत्याबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.