काठमाडौँ/
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले श्रमका लागि लाखौं युवा विदेशिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् ।
राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस० ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको जिकिर गरे।

लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन घर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्ने र त्यसका लागि राप्रपाले निरन्तर आवाज उठाइरहेका बताए ।
उनले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको बताउदै राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिए ।
लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले नभई धर्मनिरिपेक्षता बनाउनेहरुले शुरु गरेका दाबी समेत गरे। उनले आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरुले हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिन आग्रह गरे ।