सुचना, समाचार र मनोरन्जन

माछा मार्दा करेन्ट लागेर स्याङ्जामा एक जनाको मृत्यु

स्याङ्जा/

स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । ३६ वर्षीय यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पावल सिंह लामाले जानकारी दिए ।

शुक्रवार बिहान यम बहादुरसँगै माछा मार्न गएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ–६ बस्ने तिल बहादुर थापा क्षेत्री, पाल्पा घर भएका दीपेन्द्र अधिकारी, पर्वत घर भएका अनिल चौधरी र कञ्चनपुर घर भएका ६० वर्षीय बलदेव राना छन् । प्रहरीले पक्राउ परेकाहरूको साथबाट माछा मार्न प्रयोग गरिने तार, रड र बाँसको घाटा बरामद गरेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको छ ।

Leave A Reply

Your email address will not be published.