सुचना, समाचार र मनोरन्जन

‘पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार’बाट पत्रकार दवाडी पुरस्कृत

पृथ्वी होटल व्यवसायी समितिको ११ औं साधारणसभा तथा अधिवेशनको अवसरमा शुक्रबार पत्रकार दवाडीलाई नगद १० हजार सहित पुरस्कृत गरिएको हो।

पोखरा /

युवा पत्रकार कृष्ण दवाडी पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृति भएका छन् । पृथ्वी होटल व्यवसायी समितिको ११ औं साधारणसभा तथा अधिवेशनको अवसरमा शुक्रबार पत्रकार दवाडीलाई नगद १० हजार सहित पुरस्कृत गरिएको हो।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रादेशिक कार्यालयका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, समितिका अध्यक्ष बालकृष्ण निउरेले उक्त पुरस्कार दवाडीलाई अर्पण गरेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्की शाखाका अध्यक्ष दवाडी करिब डेढ दशक देखि पोखरामा क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका छन् । समितिले प्रत्येक दुई÷दुई वर्षमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

उक्त अवसरमा समितिले दुई जना व्यवसायीलाई समेत सम्मान गरेको छ । होटल शुभ साइतका संचालक शोभाकान्त चापागाई र होटल आरोहीका संचालक कृष्णप्रसाद शर्मा उक्त अवसरमा सम्मानित भएका समितिका महासचिव जीवन भण्डारीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.