सुचना, समाचार र मनोरन्जन

चौथो प्रियसी धमाका अब दुबईमा हुने

काठमाडौं :

‘चौथो प्रियसी धमका २०२३’ धमका हुने भएको छ। नेपाली कला संस्कृति,भाषा,सम्पदाको संरक्षण प्रबद्र्धनका लागि विश्व बजारसम्म पुराउने अभियानका साथ थाइल्याण्ड, सिंगापुर र मलेशियाको सफलता पश्चात अबको धमका वर दुबईको याक एण्ड यति एभरेष्टमा यहि असोज १४ गते अक्टोवर १ तारिखमा हुने भएको हो।

‘चौथो प्रियसी’का आयोजक समितिका राजेन्द्र पुरीले भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी अन्तिम चरणमा रहेको बताए। उनका अनुसार नेपालबाट राष्ट्रिय स्तरका कलाकार देखि प्रवासी नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । प्रियसी म्युजिक प्रालीको आयोजनामा ‘चौथो प्रियसी धमका २०२३’ हुन लागेको हो ।

कार्यक्रममा नेपालबाट चर्चित लोक तथा दोहोरी गायिका टीका पुन, मोडेल तथा गायक दुर्गेश थापा, हाँस्य कलाकार तथा मोडेल सागर लम्साल ‘बले’,बालकलाकार जेभिन श्रेष्ठ, जिभेस श्रेष्ठ, मौलिक थाली नृत्यांगना एलिजिबा पुर्जा पुन, आधुनिक गायक नरेश बुढाथोकी, मोडेल रचना गौतम, गायक तथा सर्जक डि.आर सुजन, कृष्ण जोशी लगायतका कलाकारको उपस्थिति रहने छ।

प्रवासी नेपाली कलाकारहरु बाबुराम परियार, लोक दोहोरी गायक कमल परियार, लोक दोहोरी गायक प्रकाश पुरी, गायक नीर तामाङ आदिको प्रस्तुति रहने बताईको छ। आयोजक समितिमा गीतकार राजेन्द्र पुरी, म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ, मोडल अमन श्रेष्ठ रहेका छन् ।

Leave A Reply

Your email address will not be published.