सुचना, समाचार र मनोरन्जन

विनयको ‘दुनिया लठ्ठै छ’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यसहित अधिकारीले आफ्नै अभिनयमार्फत यो गीत बजारमा ल्याएका हुन् ।

पोखरा /

समाजसेवी तथा एनआरएनए अभियन्ता विनय अधिकारीको ‘दुनिया लठ्ठै छ’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रताप दासको स्वरमा रहेको यो गीतमा अधिकारी आफैको शब्द संगित रहेको छ भने गीतलाई कृष्ण लामिछानेले बजारमा ल्याएका हुन् । गीतमा विनय अधिकारी र प्रतिक्षा खतिवडाको दमदार अभिनय रहेको छ भने गीतको भिडियो निर्देशन कृष्ण लामिछानेले गरेका छन् ।

गैरआवासिय नेपाली संघ {एनआरएनए}का उपमहासचिव रहेका अधिकारी आगामी निर्वाचनमा अध्यक्ष उठ्ने तयारी गरिरहेका छन् । उनी एनआरएनएमा लोकप्रिय छन् भने गोर्खा जिल्ला बासीले धेरै माया गर्ने पात्रमा पर्छन् ।

नेपालको कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यसहित अधिकारीले आफ्नै अभिनयमार्फत यो गीत बजारमा ल्याएका हुन् । बेलायतमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय अधिकारी गोर्खाली समाजको समेत नेतृत्वकर्ता हुन् । उनी नेपालमा कोही कसैलाई समस्या पर्दा खुल्ला दिलका साथ सहयोग गर्ने मनकारी अभियान्तका रुपमा पनि चिनिन्छन् । गोर्खामा विभिन्न विद्यालय, स्वस्थ्य चौकीको स्तरउन्नतीदेखि त्यहाँको जनताको शिक्षा र स्वस्थ्यलाई मध्येनजर गर्दै विभिन्न सामाजिक कार्यमा प्रत्यक्ष सहभागी भएर सहयोग गरिरहेका छन् ।

गैरआवासिय नेपाली संघ {एनआरएनए}का उपमहासचिव रहेका अधिकारी आगामी निर्वाचनमा अध्यक्ष उठ्ने तयारी गरिरहेका छन् । उनी एनआरएनएमा लोकप्रिय छन् भने गोर्खा जिल्ला बासीले धेरै माया गर्ने पात्रमा पर्छन् ।

हेर्नुहोस् भिडियो :

Leave A Reply

Your email address will not be published.