सुचना, समाचार र मनोरन्जन

कांग्रेसका नेता खेमराज पौडेलको निधन, आजै अन्त्येष्टि

पोखरा /

नेपाली कांग्रेसका पूराना नेता खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा बिहीबार पौडेलको निधन भएको हो । उनको ८१ वर्षको उमेरमा निधन भएको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले जानकारी दिए ।

पोखरा २२ पुम्दी भुम्दीबाट आज दिउँसो करिब २ः३० बजे शोभा यात्रा रहेको जनाइएको छ । उनकी श्रीमती, २ छोरा र ३ छोरी छन् ।

पौडेल पोखराको शुक्रराज माविका संस्थापक प्रध्यानाध्यापकफ राष्ट्रिय मावि, छोरेपाटन मावि लगायतमा पौडेलले पढाएका थिए । पौडेल कास्की कांग्रेस सभापति र प्रतिनिधिहरूको उपनिर्वाचनमा उमेदवार समेत भएका थिए ।

Leave A Reply

Your email address will not be published.