सुचना, समाचार र मनोरन्जन

पोखरा-१२: आत्मनिर्भर बनाउन महिलालाई एक महिनासम्म सीप सिकाउँदै

पोखरा /

पोखरा महानगरपालिका-१२ नम्बर वडाले महिलाहरुको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ ।

सिलाइ कटिङ्ग, बाजा बजाउने, कम्प्युटर तालिम देखि पछिल्लो समय बाद्यबादन तालिमसम्म संचालन गरेको छ । कार्यालयले महिलाहरुको लागि चैत २१ देखि वैशाख २२ सम्म एक महिने बाद्यबादन कार्यक्रम संचालन गरेको थियो ।

वडाले महिलालाई लक्षित गरेर एक महिनासम्म मादल, खैजडी, मुजुरा लगायतका बाद्यबादनका कार्यक्रम संचालन गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । उनका अनुसार वडाका महिलालाई सीप सिकाएर आत्मनिर्भर गराउन सहयोग पुग्ने लक्षका साथ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडा भित्रका महिला दिदिबहिनीको उत्साहजनक सहभागीता रहेको छ । कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आमा समूहलाई वाद्यवादन सामग्री प्रदान गरिएको हो, उनले भने । तालिममा वडाका ३७ जना दिदिबहिनी सहभागीता रहेको थियो ।

पोखरा १२ नम्बर वडाका १८ वटा आमा समुहका प्रतिनिधिलाई वडाले छुट्याएको एक लाख ५० हजार बजेटबाट मादल, मुजुरा तथा खैजडी बजाउन सिकाउने तालिम दिइएको हो । यस्ता खालला कार्यक्रमले फुर्सदिला महिलालाई सीप सिकेर आर्थिकस्तर उकास्न सहयोग पुग्ने सहभागी बिष्णु माया पौडेलले बताइन् ।

सीप सिकेका महिलालाई बिबाह, ब्रतबन्ध एबम छरछिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउन सहयोग पुग्ने कार्यक्रम संयोजक एबम वडा सदस्य शान्ति कोइरालाले बताइन ।

Leave A Reply

Your email address will not be published.