सुचना, समाचार र मनोरन्जन

यो सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्छः माधव नेपाल

काठमाडौं /

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने आँट गर्नुपर्ने टिप्पणी गरेका छन्।

शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै एकीकृत समाजवादी अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने टिप्पणी गरेका हुन्।

Pach Pandav

उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौं । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ।’

अध्यक्ष नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए।

राष्ट्रिय महत्वको, सरोकारको विषयमा व्यापक छलफल गरेर अगाडि बढ्नु पर्नेमा दुई दलले मात्र खुसुक्क सहमति गर्नु आपत्तिजनक रहेको उनले बताए।

Leave A Reply

Your email address will not be published.