सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश

उच्च अदालत पोखराले अधिवक्ता मोहननाथ कोइराला, शिवराज वाग्ले,दिपक पराजुली र दिनेश आचार्यको इजलासमा अन्तरिम आदेश जारी गरेको हो ।

पोखरा/

लेकसाइडमा चोबिसै घण्टा पसल खोल्न अन्तरिम आदेश जारी गरिएको छ । उच्च अदालत पोखराले अधिवक्ता मोहननाथ कोइराला, शिवराज वाग्ले,दिपक पराजुली र दिनेश आचार्यको इजलासमा अन्तरिम आदेश जारी गरेको हो ।

Exchange and test

गृह प्रशासन सुधार कार्ययाजना २०७४ को बुँदा नं. २५ अनुसार काठमाडौंको ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको आवगमन बढी हुने क्षेत्रहरुमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रवन्ध गरिने छ भन्ने व्यवस्था भएकाले निर्वाद चल्नदिनुपर्ने विषयलाई उठान गरिएको छ ।

कानून विपरितको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानून बमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्न नगराउन उच्च अदालत नियमावली २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि २०७४ को दफा १५८ बमोजिम विपक्षहरुका नाममा अन्तरिम आदेश जारी गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.