पोखरा /
अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।
विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । उनलाई बिहीबार दिउँसोमृत घोषणा गरेको नर्भिक अस्पतालका सीईओ अजय मिश्रले जानकारी दिए ।
‘जलपरी’ नामले मोडलिङमा समेत चर्चित उनले झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी थिइन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।