सुचना, समाचार र मनोरन्जन

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका ल्यायो

काठमाडौँ/

सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ । निर्देशिकाका विषय सार्वजनिक भइसकेको छैन । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन् ।

Leave A Reply

Your email address will not be published.