सुचना, समाचार र मनोरन्जन

पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त

पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ।

पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विगत छ महिनादेखि इराकमा बन्दी बनाइएका अन्य तीन जना कैदीहरू भने पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसिम सिमा हुँदै स्वदेश पठाइएको जनाइएको छ।

गत अक्टोबरको अन्त्यमा १७० जना अफगान कैदीहरू स्वदेश फिर्ता भए पछि हाल उनीहरु कैद मक्त भई स्वदेश फर्केका हुन।

जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा छन् भने त्यस मध्ये पनि अधिकाशं इरान र पाकिस्तानमा बन्दी बनाइएका छन्।

Leave A Reply

Your email address will not be published.