सुचना, समाचार र मनोरन्जन

देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई

कास्की/

पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ ।

तिहारमा देउसी खेलेर सङ्कलन भएको ५५ हजार पाँच सय ५५ रुपैयाँ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत रकम प्रदान गरेको उहाँले बताउनुभयो ।

क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ । अहिले क्लबमा १२ जना बालकले आश्रय पाएका छन् । एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.