काठमाडौँ,
आउँदो प्रतिनिधि सभाको निर्वाचनका लागि मतपत्र र निर्वाचन सागम्री देशभर पुर्याइएको छ।
बुधबारसम्म देशका ७५ जिल्लामा मतपत्रसहित निर्वाचन सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ। काठमाडौँ र भक्तपुरमा मात्रै मतपत्र र निर्वाचन सामग्री पुर्याउन बाँकी रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए।
प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र र निर्वाचन सामग्री ७५ जिल्लामा पुर्याइएको हो। काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार मतपत्र र निर्वाचन सामग्री पुर्याइएने उनले बताए।