सुचना, समाचार र मनोरन्जन

न्युयोर्कमा अभिनेत्री नीति शाहलाई सर्वोत्कृष्ट डेब्यू नायिकाको अवार्ड

काठमाडौं :

अमेरिकाको न्युयोर्कमा अभिनेत्री नीति शाहले सर्वोत्कृष्ट डेब्यू नायिकाको अवार्ड जितेकी छन्। उनले ‘८८४८ हिमालय म्युजिक एण्ड फिल्म अवार्ड’मा फिल्म ‘ज्वाइँ साब’बाट उत्कृष्ट डेब्यु नायिकाको अवार्ड हात पारेकी हुन्।

सोमबार बिहान मेलरोज बलरुमको हलमा कार्यक्रमको आयोजना भएको थियो। नीतिनीतिको डेब्यू फिल्म भने ‘खजुरे ब्रो’ हो ।यही अवार्ड समारोहमा अभिनेत्री समीर भट्टले फिल्म ‘१२ गाउँ’बाट ‘सर्वोत्कृष्ट डेब्यू नायक’को अवार्ड जितेका छन्। उनको यो डेब्यु फिल्म हो। उनी अभिनित फिल्म ‘बलिदान’प्रदर्शनको तयारीमा रहेको छ। यो अवार्ड समारोहमा अभिनेता राजेश हमाल,गायक तथा नायक प्रशान्त ताम्राकार,संगीतकार शम्भुजित बास्कोटा समेत सहभागी भएका छन्।

राजेश, प्रशान्त, नीति अभिनित तथा बाँस्कोटाले संगीत भरेको फिल्म ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउने तयारीमा छ।यता कार्यक्रममा ‘तेल भिसा’का निर्देशक शंकर घिमिरेले यसै फिल्मबाट ‘उत्कृष्ट निर्देशक’अवार्ड हात पारेका छन् भने अभिनेत्री स्वस्तिमा खड्काले फिल्म ‘बेहुली फ्रेम मेघौली’बाट उत्कृष्ट नायिका घोषित भएकी छन्। यता विजय बरालले फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट ‘उत्कृष्ट नायक’को अवार्ड जित्दा ‘साम्बला’ उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भयो। तर अभिनेता विजय बराल फिल्म ‘जनाई हराएको बाहुनको छायांकनमा रहेकाले उनी अमेरिका जान पाएनन्।

Leave A Reply

Your email address will not be published.