सुचना, समाचार र मनोरन्जन

खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामाअर्गानिक फुड बैंक 

 

पोखरा :  बजारमा बढ्दो विषादीयुक्त अशुद्ध खाद्यान्नको बिक्री वितरणका कारण मानव स्वास्थ्यमा नै गम्भीर प्रभाव परिरहेको अवस्थामा खाद्य  शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ ।

दीपक जोशी उनकी श्रीमती खुश्वु जोशी सहितको सकृयतामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको हो ।

पोखरा महानगरपालिका वडा नं १२ भृकुटी टोल(परिवार नियोजन संघको भवनदेखि ५०० मिटर उत्तरपूर्व) सञ्चालनमा आएको फुड बैंकको एक समारोहका बीच आर के हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक वरिष्ठ सेफ आर.के.लामाले उद्घाटन गरे ।

कार्यकममा वरिष्ठ सेफ लामाले विषादी युक्त अशुद्ध खाद्यान्नहरूका कारण मानवीय स्वास्थ्यमा नै गम्भीर असर पारिरहेको अवस्थामा शुद्ध अर्गानिक उत्पादनलाई उपभोक्तामाझ पुर्‍याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको अर्गानिक फुड बैंकको व्यवसायीक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बढ्दो युवा विदेश पलायन भैरहेका अवस्थामा यहीँ नै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ गरिएको कार्यको प्रशंसा व्यक्त गर्दै उनले मानवीय स्वास्थ्य रक्षाका लागि पनि यो अभियानले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

झण्डै एक सय भन्दा बढी शुद्ध खाद्यान्न सामाग्री एकै ठाउँबाट उपभोक्ताले खरिद गर्न सक्ने अर्गानिक फुड बैंक परिवारले जनाएको छ ।

फुड बैंकमा मुस्ताङको आलु, खोटाङको सक्खर, बेनी तथा लम्जुङको बेसार, बेनीको तोरीको तेल, पोखराको जेठोबुढो, काठमाडौंको टाइचिन लगातयका सामाग्री उपभोक्तामाझ पुर्‍याउने लक्ष्य राखिएको छ । उपभोक्ताले पाल्पा, मुुस्ताङ, जुम्ला, हुम्ला, बैतडी, दार्चुला, खोटाङ, बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीका लहाचोक, घाचोक, भलाम लगायत स्थानबाट सिधै किसानबाट खरिद गरिएका सामाग्री प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

हाल भृकुटी टोलबाट सामानको बिक्री वितरण हुने भएपनि आगामी एक डेड महिनामा पोखराको चिप्लेढुङ्गा क्षेत्रमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.