सुचना, समाचार र मनोरन्जन

फेब्रुअरी महिनामा ९६ हजारभन्दा बढी पर्यटक नेपाल आए

काठमाडौँ/

सन् २०२५ को फेब्रुअरी महिनामा नेपाल भ्रमणमा ९६ हजारभन्दा बढी पर्यटकको आगमन भएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुअरी महिनामा ९६ हजार ८ सय ८० पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा पर्यटन आगमनमा कमी आएको देखिएको छ। सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै,सन् २०२३ को फेब्रुअरीमा ९९ हजार ४२६ रहेको थियो ।

पर्यटन बोर्डका फेब्रुअरीमा भारतीय पर्यटक सबैभन्दा बढी नेपाल आएका छन् । यस महिना भारतबाट १९ हजार १८७ जना नेपाल भ्रमणका लागि आएका हुन् ।

यस अवधिमा अमेरिकाबाट १० हजार ३४८ जना आएका छन् भने चीनबाट ८ हजार २३२ जना पर्यटकले नेपाल भ्रमण गरेको पर्यटन बोर्डले जनाएको छ ।

बेलायतबाट ५ हजार ५७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै, बङ्गलादेशबाट ४ हजार ८७४ जना पर्यटक नेपाल आउँदा श्रीलंकाबाट ४ हजार ३७० र अस्ट्रेलियाबाट ३ हजार ७३७ जना पर्यटक आएका छन् ।

Leave A Reply

Your email address will not be published.