सुचना, समाचार र मनोरन्जन

जेठ ९ र १० गते पोखरामा तेस्रो गाउँ पर्यटन मेला– २०८२ आयोजना हुने

पोखरा,
जेठ ९ र १० गते पोखरामा तेस्रो गाउँ पर्यटन मेला २०८२ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजना, गाउँ पर्यटन पवद्र्धन मञ्च नेपाल(भिटोफ) गण्डकीको सह आयोजना तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश सरकार, पोखरा नगरपालिका होमस्टे फ्रडरेसन नेपाल (होफेन) गण्डकी प्रदेश र पर्यटन परिषद पोखराको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो ।

ग्रामीण भेगका व्यवसाय मार्फत हाल पलायन भइरहेका युवाहरुलाई गाउँमा आएका अवसरहरु सिर्जना गरी युवा पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकहरुलाई गाउँमा रहेका पर्यटकीय संसाधन संग जोड्दै हाल रहेका् प्रतिदिन बसाई तथा खर्च बढाउन प्रयत्नशील रही विदेशी मुद्रा समेतको आर्जनमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

गाउँ पर्यटन मेलाले सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने, सामुदायिक होमस्टे र सेवालाई बजारीकरण तथा बजार संग जोड्ने , गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्रहाक तथा पर्यटन व्यवसायी बीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा नीजि तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने, गाउँ पर्यटन पर्वद्धन गरी प्रदेशको समृद्धिमा योगदान पुर्याउने कार्यक्रमको उदेश्य रहेको छ ।

कार्यक्रमले पर्यटकीय गाउँको पर्वद्धन, सहभागी पर्यटकहरुले गाउँ÷होमस्टेद्धारा दिन सक्ने प्याकेजको जानकारी, व्यवसायिकता तथा बजारको पहुँचको विस्तार, पर्यटन क्षेत्रप्रति संचरकर्मी, नीति निर्माता र सर्वसाधारणको जागुरुकता वृद्धि गराउने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म संचालन हुने मेलामा सामुदायिक घरबास (होमस्टे) तथा गाउँको पर्यटन व्यवसायीका स्टलहरु स्थापना, टक शो कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रमहरु, सूचना तथा प्रचार सामाग्रीको वितरण, संचारकर्मीसंग पर्यटन प्रवद्र्धनमा सहकार्य सम्बन्धी सत्र आयोजना गरी समन्वय र सहकाय लगायतका क्रियाकलाप संचालन हुनेछन ।

Leave A Reply

Your email address will not be published.