काठमाडौं :
निर्देशक तथा अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण टिमले बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री गरेको हो।
लेखक तथा निर्देशक माओत्से गुरुङले फिल्मको कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए। यो फिल्मको बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ।
अन्य केही देशबाट पनि रिलिज अधिकार किन्न अफर आएकाले चाँडै फाइनल हुने चरणमा रहेको निर्देशक गुरुङले जानकारी दिए। पेन्सन पट्टा’मा गुरुङ फिल्मका ‘गडफादर’का रुपमा परिचित निर्देशक माओत्स गुरुङको पनि लगानी रहेको छ।
फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई,गौमाया गुरुङ,बुद्धि तामाङ,विल्सन विक्रम राई, पुस्कर गुरुङ,सोल गुरुङ,राज थापा काउछा,मनोज गुरुङ,अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ,डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय रहेको छ। विश्वास र मायाले यो फिल्मबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन्।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। यो सिनेमा नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन्।
आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको यो फिल्ममा मीन कोन्मे गुरुङ ९युके०, भोज बहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहने फिल्मका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन्। सुशन प्रजापतिले छायांकन गरेको फिल्मका कास्टिङ डिरेक्टर सुरज तमु र संगीतकारमा मनोज थापा मगर, शिव बराइली, सुरुङ गुरुङ छन्।
कियर कोइचले सम्पादन गरिरहेको फिल्मका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। यो फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।