सुचना, समाचार र मनोरन्जन

सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्ः प्रधानमन्त्री बालेन

काठमाडौँ,

प्रधानमन्त्री बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले सबैको कल्याण र सुस्वास्थ्यको कामना गरेका हुन् ।

प्रधानमन्त्री शाहले संस्कृतको प्रसिद्ध श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः’ उल्लेख गर्दै संसारका समस्त प्राणीको हित र सुखको प्रार्थना गरेका छन् । उनले आफ्नो सन्देशमा भनेका छन्, हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।

नयाँ वर्ष २०८३ को शुभारम्भको पावन अवसरमा उनले कसैलाई पनि दुःख नपरोस् र सबैले शुभ कुराहरू मात्र देख्न र भोग्न पाउन भन्ने भावना व्यक्त गरेका छन्। शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुखद भविष्यका लागि मंगलमय शुभेच्छा प्रकट गरेका छन् ।

Leave A Reply

Your email address will not be published.