सुचना, समाचार र मनोरन्जन

पोखरामा नयाँ वर्ष २०८३ को अवसरमा राष्ट्रिय झण्डोत्तोलन

पोखरा,

नयाँ वर्ष २०८३ को पहिलो दिनको अवसरमा पोखरा वडा नं ९ मा रहेको अन्तर्राष्ट्रिय झण्डा पार्कमा राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले पार्क परिसरमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गर्नुभएको थियो। सो अवसरमा उहाँले राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय स्वाधीनताको संरक्षण गर्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

Chaka Panja

नगर प्रमुख आचार्यले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै सम्पूर्ण नगरवासी तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभयो।

उक्त कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, महानगरका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानी, वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराल, वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्य, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की लगायत जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.